संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रेशम चौधरीको मुद्दामा विपक्षीलाई बोलाउने सर्वोच्चको आदेश

    रेशम चौधरीको मुद्दामा विपक्षीलाई बोलाउने सर्वोच्चको आदेश

    संघारी न्युज
    २२ माघ २०७९
    1.1k
    Shares

    काठमाडौं, २२ माघ । टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ।

    आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो। टीकापुर घटनामा उच्च अदालत, दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो।

    त्यसका विरुद्ध चौधरी सहित आठ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यसमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। सर्वोच्चका न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासले प्रत्यर्थीलाई झिकाउने आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

    पूर्व सांसद चौधरी सहित सीताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादुर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारू चौधरीले छुट्टाछुट्टै आठ वटा निवेदन दिएका थिए। सबै निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाइएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com