कैलाली, २३ माघ । नाष्ट कलेज धनगढीका विद्यार्थीहरुले असाय तथा आर्थिकरुपले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
विद्याथीहरुको भविष्य उद्यमी क्लब (एफईसी) द्वारा नाष्टका विविए संकायमा अध्ययनरत विद्यार्थीहरुले कालिका आधारभूत विद्यालय बेलौरी कञ्चनपुरका ३७ जना बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन् ।
सो कार्यक्रममा शिशु कक्षादेखि आठ कक्षाका विद्यार्थीहरुलाई झोला, कपि कलम, पेन्सिल, ज्यामेट्रि बक्स, कलर पेन्सिल लगायत स्किपिङ डोरी र सामान्य ज्ञानका किताबहरु हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरी, कलेज प्रमुख प्रेम बहादुर चन्द, एफईसी का सल्लाहकार प्रेमराज जोशी, शंकरदत्त जोशी, महेश सिंह बडाल सहभागी भएका थिए ।
कार्यक्रममा बेलौरी नगरपालिका ८ का वडा अध्यक्ष विसराम राना, कालिका स्कृलका प्र.अ. लक्ष्मण प्रसाद रोकाया लगायत अन्य शिक्षकहरुकोपनि सहभागिता रहेको नाष्ट कलेजका सूचना विभागले जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै