काठमाडौं २४ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँका दर बढाएको छ। गए राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।
यससँगै पेट्रोल प्रतिलिटर १७८, डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ मा बिक्री गरिँदै आएको थियो।
भारतबाट पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमले जनाएको छ। जतर, हवाई इन्धनको मूल्य भने यथवात राखेको छ।
त्यस्तै, एलपी ग्यासको मूल्य भने घटेर आएको छ। तर, निगमले तत्काल एलपी ग्यासको मूल्य भने नघटाइने जनाएको छ।
यसअघि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य पटकपटक घटेर आएको भए पनि घटाएको थिएन। नेपाल सरकार र भारतीय आयल कर्पोरेशन लिमिटेडलाई १६ अर्ब ३० करोड तिर्न बाँकी रहेको निगमले जनाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै