संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    खानेपानी उपभोक्ता समिति भजनीको अध्यक्षमा नैनबहादुर चौधरी

    खानेपानी उपभोक्ता समिति भजनीको अध्यक्षमा नैनबहादुर चौधरी

    संघारी न्युज
    २४ माघ २०७९
    1.1k
    Shares

    कैलाली, २४ माघ । भजनी खानेपानी तथा सरसफाई नगर स्तरीय उपभोक्ता समितिकोे अध्यक्षमा नैनबहादुर चौधरी चयन भएका छन् ।

    मंगलबार भएको नगर स्तरीय उपभोक्ता समितिको भेलाले अध्यक्ष चौधरी सहित नयाँ कार्यसमिति चयन गरेको हो । भजनी नगरपालिका अन्र्तगत ७ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति रहेको छ ।

    उपाध्यक्षमा सिता चौधरी, सचिवमा लोक बहादुर बोहरा, सहसचिव रामचन्द्र चौधरी, कोषाध्यक्षमा अनिता चौधरी चयन भएका छन् ।

    कार्यसमितिको सदस्यहरुमा क्रमशः रामलखन चौधरी, जंगबहादुर पुनमगर, निरज चौधरी र गोले राजी रहेका छन् । सोही भेलाले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवास) कैलालीको माघ २५ गते सुख्खडमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनीधी पनि छनौट गरेको छ । अधिवेशनका लागि अध्यक्ष नैनबहादुर चौधरी, सिता चौधरी, अनिता चौधरी र लोक बहादुर बोहरालाई प्रतिनिधी छनौट गरेको हो ।

    कार्यक्रममा रेडक्रस शाखा भजनीका सभापति रामनारायण चौधरी नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकाल सहित बधाइ दिएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com