संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विवाह गर्न वडा सिफासिर अनिवार्य

    विवाह गर्न वडा सिफासिर अनिवार्य

    संघारी न्युज
    २५ माघ २०७९
    1.1k
    Shares

    अछाम, २५ माघ । अछाममा छोरा छोरीको विबाह गर्न वडा कार्यालयबाट अनिवार्यरुपले सिफारिस लिनुपर्ने नियम बनाइएके छ । कमलबजार नगरपालिका–५ का बासिन्दाले छोराछोरीको विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने छ। स्वीकृति नलिई विवाह गरेमा सामाजिक सुरक्षा, बालपोषण, विभिन्न सिफारिस काठको पुर्जीसमेत रोकिने वडाले जनाएको छ।

    वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका अनुसार वडाभित्र विवाह हुने दुलाहा वा दुलहीको जन्मदर्ताको प्रमाणपत्र वडा सदस्यलाई वा वडामा बुझाएर स्वीकृति लिएपछि मात्र विवाह गर्न पाउने छन्।

    बालविवाह नियन्त्रण गर्न वडा समितिमा छलफल गरेर सो निर्णय लिइएको वडा अध्यक्ष तिमिल्सैनाले बताए। सो व्यवस्थाले बालविवाहमा न्यूनिकरण हुने अपेक्षा लिएको छ ।

    डेढ वर्षको अवधिमा सो वडाबाट १० वटा बालविवाह रद्द गरिएको वडा अध्यक्ष तिमिल्सैना बताउँछन् । उमेर नपुगेर विवाह गर्न खोजिएको केटीको विवाह उनका आफन्तसँगको समन्वयमा रद्द गरिन्छ । नेपालको कानुनी व्यवस्थाअनुसार विवाहयोग्य उमेर २० वर्ष हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com