धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिदैछन् । तर आज बस्ने प्रदेश सभा बैठकमा भने नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उपस्थित नहुने भएका छन् ।
उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू अहिले सम्म काठमाडौंमै रहेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ। अहिलेकै अवस्थामा उन्मुक्तिको समर्थनबिना रावललाई विश्वासको मत पुग्दैन।
प्रदेश सभाको बैठक दिउँसो १ बजेका बस्दैछ । रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मत नपाए रावल नेतृत्वको सरकार ढल्नेछ।
प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । नागरिक उन्मुक्तिका सात वटै सांसद शुक्रबार मात्रै धनगढी फर्किने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक चौधरीका अनुसार रेशमको रिहाई नभए सम्म विश्वासको मत नदिने अडानका साथ सबै जना काठमाडौंमा छौं ।
उनले भने ‘कारागारको ढोका खुल्ने वित्तिकै प्रदेशको ढोका खुल्छ । एक हातले दिने र अर्को हातले छोड्नुपर्छ ।’ हाम्रो पहिलो माग नै हाम्रो मुद्धा हो, मुद्धा सम्बोधन हुने वित्तिकै हामी सरकार सञ्चालनमा सहभागी हुन्छौ । सांसद गंगा चौधरीले भने ।
उनले मुद्धा सम्बोधन नभए केन्द्रको सरकारबाटपनि बाहिरिने जनाए । केन्द्र सरकारले हाम्रो अवाज नसुनेपछि सरकारमा बसी राख्नुको कुनै औचित्य छैन ।
५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का ४ र १ स्वतन्त्र सदस्य छन्।
प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए । नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै