संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भ्रष्टाचारीमाथि कानुनी कारबाही प्रतिबद्ध छौं : प्रधानमन्त्री

    भ्रष्टाचारीमाथि कानुनी कारबाही प्रतिबद्ध छौं : प्रधानमन्त्री

    संघारी न्युज
    २८ माघ २०७९
    963
    Shares

    काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’

    सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनुचित लेनदेन नियन्त्रण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि हदैसम्म लागिपरेको दोहोर्‍याए ।

    प्रचण्डले भ्रष्टाचार नियन्त्रणसम्बन्धी नयाँ ऐन, संसद्बाट पारित गराउन पारित लागिएको पनि सो अवसरमा जानकारी गराए । यस्तै अख्तियारको सक्रियतामा मात्रै भ्रष्टाचार नियन्त्रणमा सम्भव हुने उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा गरेमा नागरिकको अपेक्षा पनि पुरा हुन सक्ने धारणा राखे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com