कैलाली, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साढे ६ घण्टाको समय सुदूरपश्चिमकोलागि छुट्याएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सुदूरपश्चिम आउँदैछन् ।
बिहान ८ः३० बजे नेपाली सेनाको जहाजबाट धनगढी आउन लागेका हुन् । त्यो भन्दा पहिले उनी पेरिस डाँडामा जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुने छन् ।
प्रधानमन्त्री प्रचण्ड १० बजे धनगढी पुग्ने र १०ः४५ सम्म गेटा स्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यस लगत्तै महेन्द्रनगर प्रस्थान गर्ने छन् ।
महेन्द्रनगरको सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर २ः३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड २ः४५ मा कञ्चनपुर महोत्सवलाई सम्बोधन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै