संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज जनयुद्ध दिवस, विभिन्न कार्यक्रमगरि मनाउँदै

    आज जनयुद्ध दिवस, विभिन्न कार्यक्रमगरि मनाउँदै

    संघारी न्युज
    १ फाल्गुन २०७९
    1k
    Shares

    कैलाली, १ फागुन । आजकै दिन माओवादीले सशस्त्र युद्धको सुरुआत गरे । त्यहि सम्झनामा आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।

    शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

    जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा आज अवसरमा देशभरि विभिन्न कार्यक्रम गरि दिवस मनाईरहेका छन् । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

    माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंले ज्यान गुमाउनु परेको थियो । त्यति मात्रै होईन । घाइते बेपत्ता हुनेहरुको संख्यापनि ठूलो थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com