कैलाली, १ फागुन । बाघको छाला सहित सहित दुई जना पक्राउ परेकाछन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले अछाम चौरपाटी गाउपालिका ५ का १८ वर्षिय सुबाश बोहरा र १७ वर्षिय सुनिल बोहरालाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया बसपार्क स्थित शंका लागि चेक जाँच गर्दा उनीहरुको साथबाट बाघको छाला थान–१ (पुच्छर सहितको लम्बाई ३ फिट, चौडाई ५ ईन्च) सहित पक्राउ गरेको हो ।
यसैगरि ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नम्बर १ बनगाउँका २५ वर्षिय यम बहादुर घर्तिमगरलाई ६६० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित पक्राउ गरेको छ । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै