संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मलाई न्याय चाहिन्छ : सांसद अरुण

    मलाई न्याय चाहिन्छ : सांसद अरुण

    संघारी न्युज
    ३ फाल्गुन २०७९
    1.1k
    Shares

    कैलाली, ३ फागुन । प्रतिनिधि सभा सदस्य अरुण चौधरी जिल्ला अदालतबाट बयान दिएर कारागार फर्किदै गर्दा बयान दिएर कारागार फर्किँदै गर्दै ‘म फरार होइन न्याय चाहिन्छ’ भने।

    सांसद चौधरीले १० बर्ष पहिले भएको फैसला बारे आफूलाई जानकारी नभएको बताउदै आफू कैहिलै फरार नरहेको हुँदा न्यायका लागि अपिल गरेको बताए ।

    ‘मैले न्याय पाउनु पर्छ । मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए, म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’

    २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

    छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनले आफूलाई उक्त फैसला बारे जानकारी नभएको आज अदालतलाई समेत बयान दिएका थिए । उनले आज उच्च अदालत दिपायलमा भएको बहसले आफ्नो मुद्धा किनारा लाग्ने बताए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com