संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    क्रिकेट खेलाडीलाई जनही दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    क्रिकेट खेलाडीलाई जनही दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    संघारी न्युज
    ११ फाल्गुन २०७९
    1.4k
    Shares

    काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ अन्तर्गत हालै भएको त्रिदेशीय श्रृङ्खलाका विजेता खेलाडीलाई जनही दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

    बिहीबार दिउँसो विजेता खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिँदै पुरस्कारको घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहालले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिन स्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”

    क्रिकेट टोलीले देशको गौरव बढाएको प्रधानमन्त्री दाहालको भनाइ थियो। “तपाईहरूको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु। तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ,” दाहालले भने, “तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु।”

    हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय श्रृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ। नेपाली टोली अर्को साता यूएईमा हुने त्रिदेशीय श्रृङ्खलाका लागि फागुन १३ गते त्यसतर्फ प्रस्थान गर्दै छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com