संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आठ दलको सहमति

    राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आठ दलको सहमति

    संघारी न्युज
    १३ फाल्गुन २०७९
    1.1k
    Shares

    काठमाडौं, १३ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति भएको छ।

    शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले बताए। “नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने, सघाउने आठ दलले निर्णय गरेको छ”, ज्वालाले भने।

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याएको बताए। “प्रधानमन्त्रीजीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा सघाउने प्रस्ताव ल्याउनुभयो। प्रधानमन्त्रीको प्रस्तावलाई आठै दलले समर्थन गरेका छन्,” ज्वालाले भने।

    बालुवाटरमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी रहेका थिए। पुरानो गठबन्धनमा रहेका पाँच पार्टीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि कांग्रेसलाई सघाउन तयार भएका हुन्।

    आठ दलको बैठक ‘टर्निङ प्वइन्ट’ बनेको उनको भनाइ छ। “आजको बसाइ गठबन्धनको हिसाबले, राजनीतिक समिकरणको हिसाबले ‘टर्निङ प्वाइन्ट’ जस्तो सावित भएको छ” ज्वालाले भने।

    राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com