काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग(२ का अन्तिम तीन श्रृङ्खलामा चामत्कारिक प्रदर्शन गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ।
लिगको अन्तिम खेलमा डीएल मेथडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको हो। ‘ब्याड लाइट’का कारण खेल रोकिएपछि डीएल मेथड ९डकवर्थ लेविस० का आधारमा नेपाल नौ रनले विजयी भएको हो।
यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाउँदा ‘ब्याड लाइट’का कारण खेल रोकिएको थियो। खेल रोकिने वेलासम्म बनाएको रनका आधारमा नेपालले जित हासिल गरेको हो।
यो जितसँगै अंकतालिकामा नेपालको ४० अंक पुगेको छ। चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा पुगेको हो।
यूएईले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरे। भीम सार्की, आरिफ शेख, कुलश भुर्तेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका हुन्।
भीम सार्कीले ७६ बलमा नौ चौका प्रहार गर्दै ६७ रन बनाए। त्यस्तै, आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए।
यसैगरी, कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए भने गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १० र कुशल मल्लले पाँच रन बनाए।
यूएईका लागि जुनईद सिद्दिकीले तीन, अफजल खानले दुई र जहूर खानले एक विकेट लिए।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो।
यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए। उनी प्लेयर अफ द म्याच भए।
त्यस्तै, भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्तफाले २० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक(एक विकेट लिए।
लिग(२ को अन्तिम चरणका तीन वटा त्रिदेशीय श्रृङ्खलामा नेपालले चामत्कारिक प्रदर्शन गर्यो। दुई वटा श्रृङ्खला ‘क्लिन स्वीप’ गर्यो भने एउटा श्रृङ्खलामा चारमध्ये तीन खेल जित्यो।
तीनै श्रृङ्खलामा नेपालले खेलका १२ मध्ये ११ खेल जितेर अंकतालिकाको तेस्रो स्थानमा पुगेको हो।
अंक तालिकामा स्कटल्यान्ड ५० अंकसहित शीर्षस्थानमा छ। त्यस्तै, दोस्रो स्थानमा रहेको ओमनको ४४ अंक छ भने नेपाल ४० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।
चौथो स्थानमा रहेको नामिबियाको ३९ अंक छ भने पाँचौ स्थानमा रहेको अमेरिकाको ३५ अंक छ। यो हारसँगै ३३ अंकमै रोकिएको यूएई छैटौं स्थानमा छ। सातौं स्थानमा रहेको पपुवा न्युगिनीको ११ अंक छ।
अंक तालिकाको शीर्षस्थानमा रहेका पाँचा टोलीले एकदिवसीय वरियता पनि जोगाएका छन्। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै