संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एसपीए क्याम्पस प्रमुखमाथि अभद्र व्यवहार

    एसपीए क्याम्पस प्रमुखमाथि अभद्र व्यवहार

    संघारी न्युज
    १२ चैत्र २०७९
    1.1k
    Shares

    कैलाली । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)का क्याम्पस प्रमुख योगराज उपाध्यायमाथि भएको अभद्र व्यवहारको क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले भत्र्सना गरेका छन् ।

    शनिबार एक बैठक बसी प्राध्यापक तथा कर्मचारीहरुले उक्त कार्यको घोर निन्दा गरेका हुन् । आफ्ना क्याम्पसप्रमुखमाथि भएको उक्त खाले व्यवहार प्रति प्राध्यापक तथा कर्मचारीहरु एकजुट भएर लागेका हुन् । शुक्रबार दिउँसो कक्षामा पढाईरहेका बेला क्याम्पस प्रमुख योगराज उपाध्यायलाई केही अराजक व्यक्तिहरुले अभद्र व्यवहार गरेका थिए ।

    ‘केही अराजक व्यक्तिहरुले कक्षाकोठामा पढाईरहेका बेला उहाँलाई बाहिर निकाली तथानाम गाली गर्दै, हातपात समेत गरेर उहाँमाथि गरेको अभद्र व्यवहारको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषय कसैलाई चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने लोकतान्त्रिक उपाय हुँदाहुँदै यस खालको गतिविधि हुनु एकदमै निन्दनीय र अशोभनीय कार्य रहेको हाम्रो ठम्याई छ ।’

    उक्त कार्यमा संग्लनहरुलाई तत्काल प्रहरीले पक्राउ गर्दै कारवाही पक्रिया अघि बढाएको थियो । तर पछि क्याम्पसप्रमुख उपाध्यायले नै उनीहरुलाई माफी दिदै छोड्न लगाएका थिए ।

    ‘विद्यार्थीहरु प्रति बुद्धमन देखाउँदै आदारणिय क्याम्पस प्रमुखले क्षमादान गरेर प्रहरीबाट छुटाउँन लगाउनुले उहाँको कद अझै उच्च भएको महसुस गरेका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    साथै यी तथा यस्ता अराजक घटनाहरुले यस क्षेत्रको शैक्षिक उन्नयनमा अघि बढेको एसपीएको पाइला कमजोर नहुने प्रतिबद्धता सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुले जनाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com