संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एसईई दिन गएका चार विद्यार्थीमाथि कुटपिट

    एसईई दिन गएका चार विद्यार्थीमाथि कुटपिट

    संघारी न्युज
    १९ चैत्र २०७९
    1.2k
    Shares

    धनगढी, १९ चैत्र । कैलालीको धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिन गएकाका चार जना विद्यार्थीलाई स्थानीय युवाहरुको समुहले कुटपिट गरेका छन् ।

    कुटपिटबाट परीक्षार्थी रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन । परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्तले बताए । उनीहरुको टाउको र शरीरमा चोट छ ।

    उनीहरुको अहिले धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com