संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीमा अटिजम बालबालिकाको स्याहार केन्द्र सञ्चालन

    धनगढीमा अटिजम बालबालिकाको स्याहार केन्द्र सञ्चालन

    संघारी न्युज
    २० चैत्र २०७९
    1k
    Shares

    धनगढी, २० चैत्र । सुदूरपश्चिममा पहिलो पटक अटिजम भएका बालबालिकाको स्याहार केन्द्र सञ्चालनमा आएको छ । प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको सहकार्यमा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले धनगढी–१ शिवनगरमा अटिजम केयर सेन्टर सञ्चालनमा ल्याएको हो ।

    अटिजम भएका बालबालिकालाई पठनपाठन र सिकाइको सुविधा उपलब्ध गराउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा आइतबारदेखि धनगढीमा अटिजम केयर सेन्टर सञ्चालनमा ल्याइएको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल संस्थाका अध्यक्ष रमेशकुमार बस्नेतले जानकारी दिए ।

    उद्घाटन कार्यक्रममा सुदूरपश्चिममा ३५२ जनामा अटिजमको समस्या भएको तथ्याङ्क प्रस्तुत गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपप्रा.डा. यज्ञराज पाण्डेले अपाङ्गताका दशवटा प्रकारमध्ये अटिजम न्युरो डिसअर्डरका कारण देखा पर्ने समस्या रहेको बताए । अटिजम भएका बालबालिकाको स्वभाव अन्यको भन्दा फरक हुने, सामाजिक अन्तरक्रिया गर्न नसक्ने र बालबालिकामा सञ्चार सिपको विकास नहुने बताए

    कार्यपत्र प्रस्तुत गर्दै डा. पाण्डेले अटिजम शाररीक विकासात्मक कठिनाइ भएको र यसमा एक प्रकारको स्नायु सम्बन्धि समस्या रहने बताए । अटिजम भएकाले अरुसँग अन्तरक्रिया गर्न चाहन्नन् भने एकै किसिमको गतिविधि बारम्बार दोह¥याउने गर्छन् । सामाजिक सिप, सामाजिक अन्तरक्रिया र सामाजिक सञ्चारमा अटिजम भएकाहरूमा समस्या भोग्ने गरेको उनको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com