संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नास्ट कलेजमा अध्ययनरत १२ कक्षाका विद्यार्थीलाई विदाइ

    नास्ट कलेजमा अध्ययनरत १२ कक्षाका विद्यार्थीलाई विदाइ

    संघारी न्युज
    २३ चैत्र २०७९
    1k
    Shares

    कैलाली, २३ चैत । नास्ट कलेजमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले १२ कक्षाका विद्यार्थीलाई सम्मान सहित विदाई गरेका छन् । विदाई कायक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरि विदाई गरेका हुन् ।

    कार्यक्रममा विद्यालयबाट चिकित्सा विज्ञान तर्फ ःअध्ययनका लागि यस बर्ष छनोट भएका ७ र इन्जिनियर अध्ययन अन्तर्गत ५ विद्यार्थी मध्ये स्वास्थ्य विज्ञानमा पूर्ण छात्रबृति प्राप्त २ र वहाहरुको आमा बुुवालाई सम्मान समेत गरिएको थियो ।

    कक्षा ११ को छात्रा रित पण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक श्री शिवहरि शर्मा मुडभरी प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा विद्यालयका उप प्राध्यापकहरु कर्मचारीहरु, प्राचर्यको सहभागिता रहेको थियो । कार्यक्रममा नास्ट कलेजका १००० भन्दा बढी विद्यार्थीहरुको उपस्थिति थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com