धनगढी, ४ वैशाख । सुदूरपश्चिममा केही दिनयता कोरोना संक्रमण बढेको छ । विगत १३ दिनको अवधिमा दुई सय ५८ जनामा कोरोना संक्रमण देखिएको तथ्यांक छ भने संक्रमित एक जनाको मृत्यु भएको छ ।
नयाँ वर्ष र बिसु मनाउन भारतबाट घर फर्कनेहरु बढेसँगै कोरोना संक्रमण देखिन थालेको हो । यहाँ कोरोना संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट फर्केकाहरु हुन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत २१ चैतयता दुई सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक सय ९२ जनामा नाकामै गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको निर्देशनालयका कोरोना सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
अहिले भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँबाट फर्कनेहरुमा पनि संक्रमण देखिन थालेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको जोशीले बताए । केही दिनअघिसम्म सुदूरपश्चिममा संक्रमण दर शून्य थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै