काठमाडौँ, ६ वैशाख । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाइन् ।
कित्ताकाट र घरजग्गा कारोबारसम्बन्धी भूउपयोग नियमावली–०७९ का अप्ठ्यारा प्रावधान हटाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि प्रस्ट्याए । गत जेठ २३ मा नियमावली जारी हुँदा मंसिर २३ सम्म कृषि एवं गैरकृषि क्षेत्र छुट्याइसक्नुपर्ने र त्यसपछि १० वटै भागमा वर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख थियो ।
मंसिर २३ पछि पालिकाहरूले १० वटै भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था थियो । तर वैशाख ४ सम्म १५६ वटा पालिकाले मात्र वर्गीकरण गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
पालिकाहरूले वर्गीकरण नगर्दा घरजग्गा कारोबार र कित्ताकाटमा कमी आएको थियो । यद्यपि महिनैपिच्छे घरजग्गा कारोबार, कित्ताकाट र राजस्वसमेत बढ्दै गएको भूमि विभागको तथ्यांक छ । तर आर्थिक संकट आउनुमा घरजग्गा कारोबार नै मुख्य कारण रहेको र त्यसलाई सल्ट्याउने प्रधानमन्त्री र अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै