काठमाडौं, ६ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै बढ्दै गएको छ । चिकित्सकका अनुसार धेरै बिरामी जटिलता देखिइसकेपछि मात्र अस्पताल पुग्ने गरेका छन् । जसका कारण बिरामीलाई आईसीयू वा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आउन सक्छ ।
समयमा अस्पताल नपुगे कतिपय संक्रमित भने जटिलता देखिएर मृत्यु पनि सक्ने चिकित्सकले बताउँछन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार हाल अस्पतालमा भर्ना भएका अधिंकाश व्यक्ति दीर्घरोगी तथा ज्येष्ठ नागरिक छन् । यस्ता केही व्यक्तिले भने कोरोना खोप समेत लगाएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा २९ जना कोरोना संक्रमितको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । जसमध्ये ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् ।
हाल देशभर कुल सक्रिय संक्रमितको संख्या भने ३८६ छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै संक्रमित व्यक्तिमा सास फेर्न धेरै गाह्रो भएमा वा शरीरमा अक्सिजनको तह ९४ प्रतिशत भन्दा कम भएमा तुरुन्तै अस्पताल जान आग्रह गरेको छ ।
त्यसैगरी, लगातार छाती दुख्ने वा छाती भारी भएको महसुस भएमा, अल्मलिने, बोली अस्पष्ट हुने वा बोल्नलाई गाह्रो हुँदा, तीन दिनसम्म ज्वरो १०१ डिग्रीभन्दा नघटेमा वा आफ्नो हेरचाह गर्न नै नसक्ने अवस्थामा अस्पताल जान मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, कोरोना खोपले बिरामी हुने जोखिम कम गर्ने, कोरोना संक्रमित हुँदा पनि गम्भीर जोखिम हुनबाट बचाउने र परिवार, साथीहरु र समुदायलाई सुरक्षित राख्ने हुँदा सबैले बुस्टर डोज लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै