कैलाली, १८ असार । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ गुरही पर्व मनाउँदै आएका छन् । यस वर्ष पनि गुरही पर्वलाई भव्य बनाउन तयारी बैठक बसी विभिन्न जिम्मेवारी बाँडफाँड गरेका छन् ।
यही आउने भदौ ४ गते पर्ने यो पर्वको तयारीकालागि सखी सञ्जालको नेतृत्वमा थारु सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बैठक बसेर जिम्मेवारी बाँडफाँड गरेका छन् ।
बैठकले गुरही कार्यक्रम मुल आयोजक समिति र गुरही मुर्ति निर्माण समिति गठन गरेको छ । गुरही कार्यक्रम मुल आयोजक समितिका संयोजक उन्नती चौधरी रहेका छन् । जसमा सहसंयोजक सानु चौधरी सदस्यमा आशा चौधरी, फुलमति चौधरी, राज चौधरी र शिव कठरिया रहेका छन् ।
यस्तै बैठकबाठ यो वर्ष गुरही मुर्ति निर्माण गर्ने निर्णय भएको छ । जसको संयोजक माधब चौधरी रहेका छन् भने सहसंयोजक बसन्ती चौधरी सदस्यमा सरोज चौधरी, ठाकुर करियाप्रधान, दुर्गा कुश्मी, उन्नती चौधरी, राम कुमारी चौधरी र सानु चौधरी रहेका छन् ।
यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याग्र्रा नलागुन् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै