संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीबाट १० जना जुवाडे पक्राउ

    धनगढीबाट १० जना जुवाडे पक्राउ

    संघारी न्युज
    १७ साउन २०८०
    1.6k
    Shares

    धनगढी, १७ साउन । प्रहरीले धनगढी उप(महानगरपालिका ४ बसपार्क स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीका ईञ्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बमको टोलीले मंगलवार साँझ ५ बजे बसपार्कस्थित कलेल होटलमा तास खेलिरहेका १० जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुबाट एक लाख चार हजार आठ सय १० रुपैया नगद र दुई गड्डी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा डोटी पुर्वीचौकी गाँउपालिका-१ का ४५ को पुरन बहादुर खड्का, ३० वर्षीय देव बहादुर खड्का, ३४ वर्षीय योगेन्द्र ठकुल्ला, वडा नम्बर ३ का २५ वर्षीय अमित बोहरा, वडा नम्बर २ का ३२ वर्षीय धन बहादुर बिष्ट, वडा नम्बर ५ का ३१ वर्षीय खड्क साउँद, वडा नम्बर ६ का ३४ वर्षीय अविनाश कठायत, दीपायल सिलगढी नगरपालिका ६ का ३० वर्षीय सुजित खड्का र कैलालीको गोदावरी नगरपालिका ३ का वर्षीय बर्ष ३८ को कुवेर खड्का रहेका छन् । उनीहरु मध्ये दुई जना वडा अध्यक्ष हुन् ।

    प्रहरीले होटल सञ्चालक धनगढी उप महानगरपालीका(४ बस्ने बर्ष ३३ वर्षीय तेज बहादुर कलेललाई समेत पक्राउ गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com