संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री र एक राज्‍यमन्त्रीले लिए शपथ

    सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री र एक राज्‍यमन्त्रीले लिए शपथ

    संघारी न्युज
    १८ साउन २०८०
    2.5k
    Shares

    धनगढी, १७ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्‍य मन्त्रीले शपथ लिएका छन् ।

    नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् ।

    यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ गराएका थिए ।

    कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टी कैलाली १(क)बाट प्रदेशसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com