बैतडी, २२ साउन । बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परको छ। आइतबार दिउँसो काठमाडौंबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामाग्रीमा सुन फेला परेको हो।
खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ। पाटन–८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधि पठाएको बुझिएको छ। त्यो औषधि भनिएको वस्तुमध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए। प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षित राखेको छ।
इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामद गर्दै इलाका प्रहरी कार्यालय पाटनमा लगिएको हो।
८३ ग्राम ५२० मिलिग्राम ९करिब ७ तोला अढाइ आना० परिमाणको सुन भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। उनले बील नभएको पाइएपछि बरामद गरेर सुरक्षित राखिएको बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै