संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कञ्चनपुरमा सेप्टिक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु

    कञ्चनपुरमा सेप्टिक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु

    संघारी न्युज
    ३२ साउन २०८०
    1.4k
    Shares

    कञ्चनपुर ३२ साउन । हात्ती बथानमा आएको हुनसक्ने र एक्लै छुटेर सेप्टिक ट्यांकमा पुगी मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्यांकमा परेर एक जंगली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताका अनुसार गए राति हात्तीको मृत्यु भएको हो।

    “राति १२ बजेपछि जंगली हात्ती सेप्टिक ट्यांकमा परेर मृत्यु भएको देखिएको छ,” उनले भने, “अहिले प्राविधिक सहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन गर्ने काम भइरहेको छ।”

    जंगली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आइपुगेको हुनसक्ने बताए। “यसबारे थप अनुसन्धान भइरहेको छ,” मेहताले भने, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गर्छौं।”


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com