संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    होटललाई उद्योगको मान्यता दिन माग

    होटललाई उद्योगको मान्यता दिन माग

    संघारी न्युज
    १२ भाद्र २०८०
    1.9k
    Shares

    काठमाडौं, १२ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासँग भेट्दै होटललाई उद्योगको मान्यता दिन माग गरेको छ ।

    महासंघका उपाध्यक्ष हेमराज ढकाल र उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)को नेतृत्वमा गएको उक्त समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न माग गरेको हो ।

    मुलुकमा विदेशी मुद्रा भित्राउन उल्लेख भूमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै समस्यामा रहेको भन्दै समितिले यो क्षेत्र राज्यको प्राथमिकतामा समेत नपरेको गुनासो गरेको छ ।

    समितिले उद्योग सचिव निरौलालाई ज्ञापनपत्र बुझाउँदै होटल क्षेत्रमा निजीक्षेत्रले ठूलो पूँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गरेको बताएको छ ।

    पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै समितिले दीगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्‍याएको बताएको छ ।

    पर्यटनलाई विद्युतको सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई यस क्षेत्रलाई उद्योग सरहको सुविधा उपलब्ध गराउन समेत भनिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com