काठमाडौं, १७ भदौ । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। यससँगै नेपाल लगातार तेस्रो जितका साथ समूह ‘ए’को शीर्षस्थानमा उक्लिएको छ। आइतबार बिहान भएको खेलमा भुटान तीन विकेटले पराजित भएको हो।
बांगीस्थित यूकेएम–वाईएसडी ओभलमा जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा कप्तान रुविना क्षेत्री २३ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन्। कविता जोशी २० बलमा १ चौकासहित ९ रनमा आउट भइन्। सीता रानामगर ११ बलमा १ चौकासहित ८ रनको योगदान दिइन्।
भुटानकी अन्जुली घलेले ३ विकेट लिइन्। क्षिरिङ जांग्मोले २ तथा अन्जु गुरुङले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो।भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन्। छिरिङ जाङ्मोले ६ तथा सोनाम छोदेनले ३ रन जोडे।
नेपालकी तीव्र गतिकी बलर पूजा महतोले ३ विकेट लिइन्। कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १र१ विकेट लिए। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै