संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जि.पि.ए. खै ?

    जि.पि.ए. खै ?

    संघारी न्युज
    २० भाद्र २०८०
    2.3k
    Shares

    हिजो पढाउन भनेर
    कक्षामा जादा
    एउटा विद्यार्थीको
    कापी थिएन,
    अर्को विद्यार्थीको
    कलम थिएन,
    कापी हुनेहरू पनि थिए
    तर उनिहरुको होमवर्क थिएन,
    कापी खोजेर दिए,
    कलम खोजेर दिए,
    धेरै सिकाउन नै सकिएन
    यसो उसो गर्दै समय सकियो यसमै
    यता प्रशासन भन्छ जि।पि।ए खै ?

    मिहिनेत त मैले गरेकै थिए,
    लेसन प्लानका पन्ना भरेकै थिए।
    कक्षा कार्य गराए,
    अभ्यास सबै भराए।
    भिडियो देखाए ,
    अडियो सुनाए।
    अभिभावक भेटे ,
    अर्थाय सुझाए।
    उता विद्यार्थी,
    भुलेका थिए मोबाइल मै
    यता प्रशासन भन्छ जि।पि।ए खै ?

    एकदिन विद्यालयमा ठुलाबढा आए,
    विद्यार्थीलाई स्वतन्त्र रहन सिकाए।
    भन्छन् शिक्षकलाई ,
    दवाव नदिइ खेलाउ सिकाउ।
    किताबी ज्ञान होइन,
    व्यावहार देखाउ।
    उद्यमशील जोडे
    बाली लाउन सिकाए।
    आमालाई भान्सामा
    सघाउन सिकाए।
    अन्धविश्वास कुरिती
    तोड्न सिकाए।
    टुटेका सामान पनि
    जोड्न सिकाए।
    विद्यार्थीको प्रगति हुँदै थियो यस मै
    यता प्रशासन भन्छ जि।पि।ए खै ?

    राज्य भन्छ दवाव नदेउ अत्ति ,
    दवाव विना विद्यार्थी पढ्दैनन् कत्ति ।
    अजकलका विद्यार्थीलाई अभिभावकको डरै छैन ,
    पढ्नुपर्छ भन्ने करै छैन ।
    मोबाइल र टि।भिमा
    छाडा भएका छन्।
    किताब र कापीबाट
    टाढा भएका छन्।।
    बरु विद्यार्थीले गाउन जानेका छन् ,
    बरु विद्यार्थीले नाच्न जानेका छन्।
    चित्रपनि राम्रो बनाउन जानेका छन् ।
    तर विडम्बना !!
    विद्यार्थीले जानेको परीक्षामा आउदैन
    परीक्षामा आउने विद्यार्थीलाई आउदैन ।
    सोच्दा सोच्दै कसो गरुँ
    अलमलमा परे मै ,
    यता प्रशासन भन्छ जि।पि।ए खै ? फेसबुकबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com