संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्लान्ट क्वारेण्टिन सञ्चालनकोलागि सरकारसंग आग्रह

    प्लान्ट क्वारेण्टिन सञ्चालनकोलागि सरकारसंग आग्रह

    संघारी न्युज
    २६ भाद्र २०८०
    1.4k
    Shares

    धनगढी, २६ भदौं । कैलाली भन्सार कार्यालयबाट हटाएको प्लान्ट क्वारेण्टीन पुनः सञ्चालन गर्न सुदूरपश्चिमका उद्योगी तथा व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन् ।

    सुदूर पश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर बोगटीको नेतृत्वमा काठमाण्डौं आएको उद्योगी,व्यवसायीहरुको टोलीले कृषिमन्त्री बेदुराम भुसाल, कृषि सचिव लगायतलाई भेटेर तत्काल प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि आग्रह गरेको बताए ।

    उनले सोमवार कृषि मन्त्री भुसाल, कृषि सचिव बिनोद शर्मासंगको भेटमा महासंघका प्रदेश अध्यक्ष बोगटी, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष मनोज अग्रवाल, उपाध्यक्ष दिनेश लम्साल र दाना उद्योगीहरुको टीमले प्लान्ट क्वारेण्टीन सञ्चालन नभए केही समयभित्र सुदूर पश्चिमका सम्पूर्ण उद्योगहरु बन्द हुने चेतावनी दिए ।

    उता कृषि सचिव शर्माले भने कुनै पनि हालतमा प्लान्ट क्वारेण्टीन सञ्चालन गर्न नसकिने बताए । प्रधानमन्त्री र राष्ट्रपतिले भनेर पनि प्लान्ट क्वारेण्टीन सञ्चालन गर्न नसकिने कृषि सचिव शर्माले अडान सुनाए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com