संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ‘शिक्षकका माग पूरा हुन्छ’

    ‘शिक्षकका माग पूरा हुन्छ’

    संघारी न्युज
    ४ असोज २०८०
    1.2k
    Shares

    काठमाडौं, ४ असोज । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकार तयार रहेको बताए ।

    बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खड्काले अहिलेको अर्थतन्त्रले धान्न सक्ने जुनसुकै मागका विषयमा पनि छलफल गर्न सरकार तयार रहेको बताए।
    उनले भने, “अहिलेको अर्थतन्त्रले तत्काल धान्न नसक्ने कुरा र संविधानले गरेको व्यवस्थाभन्दा प्रतिकूल हुने कुरामा सहमति गर्न सक्ने अवस्था छैन। त्यस बाहेक जुनसुकै विषयमा छलफल गर्न सरकार तयार छ।”

    शिक्षा र शिक्षकका समस्या समाधान गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको उनको भनाइ थियो। खड्काले भने, “ऐन, नियमावली र कार्यविधिमा व्यवस्था गरेर समस्यालाई समाधान गर्न छलफल गर्न सरकार तयार छ।”

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com