कैलाली, ९ असोज । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मंगलबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् ।
नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिका–२ का अधिवक्ता जोशी २०५८ सालदेखि कैलाली जिल्ला अदालत बार एसोसिएशनमा आवरुद्ध भई कानून व्यवसायीको रूपमा काम गर्दै आएका थिए।
उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको काननी सल्लाहकार हो। नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्यन्यायाधिवक्ता रहने व्यवस्था गरेको छ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ। संविधानको धारा १६०९५० मा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुने र संवैधानिक एंव कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुने संवैधानिक व्यवस्था छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै