कैलाली, १० असोज । एचआइभी संक्रमितहरुलाई शिक्षा, स्वास्थ्यसंगै सीपमूलक बनाउनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको आयोजनामा मंगलबार भएको कार्यक्रमका सहभागीले एचआइभी संक्रमितहरुकाका लागि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै सीपमूलक तालिमको व्यवस्था हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अराधना श्रेष्ठले एचआइभी पोजिटिभ महिलालाई राज्यले शिक्षा, स्वास्थ्याउपचार, रोजगारी लगायत सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने माग राखिन ।

त्यसैगरि पार्वती विक र इश्वरी भण्डारीले पनि संक्रमितहरुका लागि राज्यले छुट्टै बजेट विनियोजन गर्नुपर्ने औँल्याए । साथै उनीहरुले संक्रमितहरुका बालबच्चा र परिवारकालागि शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनका लागि विशेष कार्यक्रम पनि ल्याउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख हरि ज्ञवालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगश रावलले मनतब्य राखेका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै