संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीबाट मुक्तिनाथ हिँडेका दुई तीर्थयात्री बेपत्ता

    धनगढीबाट मुक्तिनाथ हिँडेका दुई तीर्थयात्री बेपत्ता

    संघारी न्युज
    ११ असोज २०८०
    2.8k
    Shares

    कैलाली ११ असोज । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा बेपत्ता भएका छन् ।

    लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १७ वर्षीय पङ्कज दाहाल देवघाटमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

    बेपत्ता दाहाल र अधिकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतबार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com