संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    इयु ह्युमन राइट्स अवार्डबाट तीनजना पत्रकार सम्मानित

    इयु ह्युमन राइट्स अवार्डबाट तीनजना पत्रकार सम्मानित

    संघारी न्युज
    १५ असोज २०८०
    1.6k
    Shares

    काठमाडौँ । विभिन्न विधामा सक्रिय तीनजना पत्रकार ‘ह्युमन राइट्स अवार्ड’ बाट सम्मानित भएका छन् । सोमबार युरोपियन युनियनको राजदूतावासमा आयोजित एक समारोहकाबीच तीनै जनालाई कदरपत्रसहित सम्मानित भएका छन् ।

    अवार्डबाट पत्रकार उन्नती चौधरी, चाँदनी हमाल र आशिष मिश्र सम्मानित भएका हुन् । चौधरीलाई ‘कमलरी प्रथा, मुक्तिको इतिहास र वर्तमान’, वालविवाह विषयमा शसक्त रुपमा कमल चलाए बापत सम्मान गरिएको हो ।

    विगत १७ वर्षदेखि संचार क्षेत्रमा रहेकी चौधरी हिमाल खबरमा रिर्पोटिङ गर्छन् भने केर्नीन्यूज डटकम अनलाइनकी संचालिका पनि हुन् । त्यस्तै, हमाल गोरखापत्र दैनिक र मिश्र द राइजिङ नेपालमा कार्यरत छन् ।

    समारोहमा नेपालका लागि युरोपियन सङ्घकातर्फबाट नवनियुक्त राजदूत भेरोनिक लरेन्जोले कदरपत्रसहित सम्मान प्रदान गर्दै तीनै जना पत्रकारको भूमिकाको उच्च सम्मान गरेकी थिइन् ।
    तीनै जना पत्रकारलाई पुरस्कारस्वरुप ईयूले आउँदो साता युरोपको शैक्षिक भ्रमणमा बेल्जियम लाग्ने भएको छ । युरोप भ्रमणबारे तीनै जना पत्रकारलाई जानकारी समेत दिइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com