कैलाली, ३ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आउँदो फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।
मन्त्रि परिषदको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि लगानी भित्र्याउन आवश्यक भएको बताए । उनका अनुसार सरकारले लगानी सम्मेलनले कृषि, उद्योग, विकासको क्षेत्रमा लगानी भित्रयाउन मद्दत पुग्ने अपेक्षा रहेको छ ।
मुख्यमन्त्री शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमीन, पानी, सडक र विद्युत सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता रहेको बताए। संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्री शाहले जानकारी दिए ।
लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरुलाई सहभागी गराउने निर्णय भएको छ । सम्मेलन आयोजनाका प्रदेश सरकारले चालू आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै