संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आईसीसी टी-२० विश्वकपकोलागि नेपाली टोली घोषणा

    आईसीसी टी-२० विश्वकपकोलागि नेपाली टोली घोषणा

    संघारी न्युज
    ११ कार्तिक २०८०
    1.5k
    Shares

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको एशिया क्षेत्रीय छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।

    नेपाल क्रिकेट संघले रोहित पौडेलको नेतृत्वमा शनिबार नेपाली टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

    छनोट प्रतियोगिता कात्तिक १३ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ।

    प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ए मा मलेशिया, ओमन र सिंगापुर छन्। त्यस्तै, समूह बी मा बहराइन, हङकङ, कुवेत र यूएई रहेका छन्।

    नेपालको पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे हुनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com