संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रपति आज भूकम्प प्रभावित जाजरकोट र रुकुम जाँदै

    राष्ट्रपति आज भूकम्प प्रभावित जाजरकोट र रुकुम जाँदै

    संघारी न्युज
    २१ कार्तिक २०८०
    1.6k
    Shares

    काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् ।

    राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ हिडेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार यही कात्तिक २२ गते फ्रान्स जाने तयारी थियो । फ्रान्सबाटै जर्मनी र इटाली भ्रमणलाई रोकेर भूकम्प पीडितको अवस्था बुझ्न प्रभावित तर्फ डिहेका हुन् ।

    यसअघि मन्त्रिपरिषद् बैठकले फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुने राष्ट्रपति पौडेललाई स्वीकृत दिइसकेको थियो तर देशमा भूकम्प संकट निम्त्याएको बेला विदेश भ्रमण नगर्ने राष्ट्रपतिले घोषणा गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com