धनगढी, २१ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोलीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै फर्काएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सर्म्पक व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो ।
सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले बताए ।
‘उहाँहरुले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि हामी आइतबार राति नै धनगढी फर्किसक्यौं,’ टोलीमा संलग्न सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् फोकल पर्सन हेमराज जोशीले भने । टोलीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पठाइएको करिब चार लाख मूल्य बराबरको औषधि कर्णालीका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेललाई हस्तान्तरण गरेको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै