संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    छ लेनमा नियम पालना नगर्नेलाई कारबाही हुने

    छ लेनमा नियम पालना नगर्नेलाई कारबाही हुने

    संघारी न्युज
    २३ कार्तिक २०८०
    1.6k
    Shares

    कैलाली, २३ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोहना अत्तरिया छ लेन सडक खण्डमा लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ ।

    कार्यालयले बिहीबार यातायात प्रालि धनगढी र सेती महाकाली ट्रक व्यवसायी संघ, पेट्रोलियम संघ, विद्युतिय रिक्सा प्रालि धनगढीलाई आवश्यक कार्यान्वयन गर्न पत्र र फोटो पठाउँदै चालक तथा सवारी धनीलाई छ लेन अनुशासन पालना गर्न अनुरोध गरेको हो ।

    प्रहरी निरीक्षक दिपक मल्लद्वारा हस्ताक्षरित पत्रमा मोहना अत्तरिया छ लेन सडक खण्डमा चालकले उक्त लेन अनुशासनको पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही हुने पनि जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com