कैलाली, २८ कात्तिक । धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ २०८० मंसिर ७ गतेबाट आयोजना हुने भएको छ। नेपाल मानव धर्म सेवा समिति शाखा धनगढीको आयोजनामा महायज्ञको आयोजना गर्न लागिएको हो।
नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम भवन निर्माणार्थ ७ गते देखि १५ गतेसम्म नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा आश्रम धनगढी आश्रम प्राङ्गणमा कार्यक्रमको आयोजना गरिने धनगढी समितिका अध्यक्ष हेमराज अधिकारीले बतााए।
आचार्य पं. श्री राघव उपाध्यायको मुखारविन्दबाट कथाको वाचन हुने उनले बताए । धर्मले लोक कल्याण गर्ने भएकाले धर्म विस्तारका लागि पनि यो कार्यक्रमको आयोजना गरिएका अध्यक्ष अधिकारीले बताए।
महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा किर्तनका साथै देवलीला झाँकीहरुको पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै