धनगढी, ३० कात्तिक । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका क्रममा मृत्यु भएका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पुरा नभएसम्म शव नउठाउने अडान लिएका छन् ।
ज्वरो आएपछि मंगलवार साँझ डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो ।
सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो ।
मृतकका परिवाजननले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार दिनभरी पनि सहमती जुट्न सकेन । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै