संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

    सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

    संघारी न्युज
    ३ मंसिर २०८०
    2.7k
    Shares

    कैलाली, ३ कात्तिक । फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको उपचारमा समस्या भएको छ ।

    काठमाडौँको सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारजनले बताएका छन् ।

    प्रदेश सभा सदस्य चौधरीकी पत्नी सरस्वती चौधरीले भनिन्, ‘उपचार जारी छ । केही दिनदेखि आइसियुमा उपचार भइरहेको छ । औषधी जारी छ । ल्याएको पैसा सकायौ । आर्थिक समस्याले सताउन थालेको छ ।’

    प्रदेश सभा सदस्य चौधरीकी धर्मपत्नी सरस्वती चौधरीले प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए । त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी टिचिङ अस्पताल रेफर गरिएको थियो ।

    फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com