संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ
    निशा राई

    कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

    कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

    संघारी न्युज
    २९ मंसिर २०८०
    2k
    Shares

    कहिले जमीनदार विरुद्ध धावा बोल्दै त कहिले प्रहरीसँग पौंठेजोरी गर्दै ज्यानको परवाहै नगरी चार दशकअघिको किसान आन्दोलनमा होमिएका दाङ कर्जाहीका कर्मवीर महिला अहिले गुमनाम जीवन बाँचिरहेका छन्।

    ६ वर्षअघि मोटरसाइकलको पछाडि सीटबाट खेतका फुलेका तोरी नियाल्दै दाङको कर्जाही गाउँ पुगेकी थिएँ। शायद शरद्को एक महीना थियो, कर्जाही सुवर्णमय देखिन्थ्यो। मोटरसाइकलवाला थिए, कर्जाहीकै लौधन चौधरी।

    नेपाल पिक्चर लाइब्रेरीको ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ का लागि नेपालमा महिलावादको इतिहास खोतल्ने क्रममा मैले कर्जाही आन्दोलनबारे थाहा पाएकी थिएँ। कर्जाही आन्दोलनमा अधिकांश महिला जुटेका थिए। त्यसैले पनि म कर्जाहीका पात्र भेट्न सम्बन्धित भूगोलमै पुगें।

    लौधन मलाई लिन घोराही आएका थिए। घोराहीबाट अघि बढेको बाइक कर्जाहीको झुरुप्प परेको थारू बस्तीमा टक्क रोकियो। नजिकै धारामा एउटी १५र१६ वर्षकी किशोरी नुहाइरहेकी थिइन्। बेपरवाह। झन्डै झन्डै निर्वस्त्र। पानीले भिजेको पातलो पेटिकोट कम्मरसम्म दोबारेकी थिइन्। वक्षस्थललाई हातले मिचिमिची मस्त नुहाइरहेकी थिइन् उनी।

    वरपर तन्नेरी केटाहरू तासमा रल्लिरहेका थिए। तास खेल्नेहरूको नजिकै बसेका एक जनाको आँखा चाहिं किताबका अक्षरमा दौडिरहेका थिए। उनी लौधनका जेठा छोरा रहेछन्, ओभरसीयर बन्ने तयारी गरिरहेका।

    लौधनले आँगनमा बाइक रोके। रातो माटोमाथि गोबरले लिपेको सानो चिटिक्क परेको घर थियो त्यो। पाहुना अनुहार देख्नासाथ लौधनकी श्रीमती आश्माकुमारी खाना पकाउन जुटिन्।

    आश्माकुमारी गाउँका महिलामाझ परिचित नाम हो। “झन्डै समानुपातिकमा सांसद चुनिन लागेकी थिइन्,” उनलाई खाना पकाउन सघाउँदै गरेकी महिलाले सुनाइन्।

    “अनि के भो तरु” मैले सोधें।

    “प्रस्तावमा परेको तर मनोनयनमा छुटिन्,” धार नलागेको चुलेसीमा भिन्डी च्वाट्ट पार्दै ती महिलाले भनिन्।

    क्षणभरमै एक हुल महिला भेला भए। कर्जाहीको भूमि आन्दोलनमा होमिएका ती महिलाहरू लौधन र आश्माकुमारीले बोलाएकाले आन्दोलनबारे कुरा गर्न आएका थिए। लौधनको भान्छा बाहिरको बैठक कोठामा बसेर उनीहरूले एकपछि अर्को गर्दै आफ्नो कथा सुनाए।

    पत्थरकली उर्फ इन्दिरा गान्धी

    २०३६ सालतिरको कुरा हो। दाङमा किसान आन्दोलन चर्किरहेको थियो। दंगाली किसान जमीनदार विरुद्ध आन्दोलनमा थिए। तिनै आन्दोलनरत किसानको भीडमा पृथक् पहिचान बनाएर अघि बढ्दै थिइन्, पत्थरकली।

    दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू ९नाम अज्ञात०। तस्वीर स् नेपाल पिक्चर लाइब्रेरीरनिशा राई

    मक्किन लागेको नीलो फरिया लगाएर टूलमा बसिरहेकी थिइन् उनी। उज्यालिएकी थिइन्।

    “म खतियामा बसेकोथें, हान्न मार्न आए भित्रै,” बसिरहेको टूलबाट झट्टै उठेर भनिन्। आन्दोलनका वेला एक पटक १५र१६ जनाको प्रहरी टोली उनलाई पक्रन आएको रहेछ, उनले त्यही सन्दर्भबाट कुरा शुरू गरिन्। प्रहरी आएपछि “छत्१ तिमीहरू के देखुन्, मर्दाना मान्छेहरू छत्” भन्दै पूरै दादागिरी शैलीमा पत्थरकली आफ्नी भतिजी आश्माको कोठाभित्र पसिछन्।

    प्रहरी आँगनमा ढुकेर बसेछन्। केही बेरपछि ढोकामा निशाना ताकेर प्रहरीले भनेछन्, “अब बन्दूक छोड्छु।”

    कोठाभित्र पत्थरकली र भतिजी आश्मा सँगै थिए। यी दुई काकीभतिजी हुन्, मिल्ने साथी पनि हुन्। घरभित्र दुई केटी, बाहिर बन्दूक भिरेका प्रहरी। तर पनि पत्थरकली डगमगाइनन्। बरु सिंह जस्तै गर्जिइन्, “हे सरकारका कुकुर१ छोड् बन्दूक अहिले। गरीबको छातीमा ल छोड् बन्दूक, तैंले कति छोड्छस्,” पत्थरकलीले भित्रैबाटै हुङ्कार गरिन्।

    अब प्रहरीसँग भिड्नुको विकल्प थिएन। पत्थरकलीले पनि एउटा लट्ठी उठाइन्। “आश्मा, नङगी र उदुवालाई छोड्दे, यो दुई वटा सिपाहीसँग म आफैं लडछु।”

    नङगी र उदुवा भोटे कुकुर हुन्। कर्जाहीमा अर्को भोटे कुकुर पनि थियो घोडवली।

    आश्माले कुकुर खोलिदिइन्। पत्थरकलीले प्रहरीमाथि अन्धाधुन्ध लट्ठी बजार्न थालिन्। अरू प्रहरी र जमीनदारहरू भोटे कुकुरको भुकाइ र टोकाइको डरले भागे।

    “त्यही वेला हो लट्ठी भेटाउने पुलिसले मेरो नाउँ इन्दिरा गान्धी राखेका। म इन्दिरा गान्धी जस्ती छु रे१ मेरो हलो काटिदिनेको हात नै भाँचिदिएँ। अझ लिखपढ भइदिएको भए म कस्तो हुन्थें होला। डाँकाहरू सब तह लाउँथे होला हगी१” भिडन्तको विजय सम्झँदै सगर्व मुस्कुराइन् पत्थरकली।

    त्यसपछि सात(आठ दिनजसो करीब एक दर्जन जति प्रहरीको टोली कर्जाही चहार्थे। त्यस वेला पत्थरकलीले भोको पेटमै पौंठेजोरी गर्दै प्रहरी खेदेकी थिइन्।

    पत्थरकलीका दाजु ठग्गु चौधरी भूमिकै लागि आन्दोलनरत हुँदा पक्राउ परेका थिए। पत्थरकली हप्तैपिच्छे थुनामा रहेका दाइ भेट्न फचकपुरमा रहेको प्रहरी चौकी पुग्थिन्। पत्थरकलीबाट कुटाइ खाएका प्रहरी उनलाई हेर्दै भन्थे, “यो इन्दिरा गान्धी हो। यसलाई सक्दैनौं।”

    चौकीका एक(एक प्रहरी पत्थरकलीलाई नेपालकी इन्दिरा गान्धी भन्थे। तर पत्थरकलीलाई नै चाहिं इन्दिरा गान्धी को हुन् भन्ने थाहापत्तो थिएन। अहिले पनि उनलाई ‘इन्दिरा गान्धी भारतको ठूलो महिला नेता हुन्’ भन्ने मात्रै थाहा छ।

    “पुलिसले राखेको नाउँ हो यो मेरो। म पुलिसलाई काटेर फाल्छु भन्थें। सम्झिंदा नि आनन्द लाग्छ त्यो आन्दोलन। तिनीहरूले हाम्रो हलो काटिदिए। चित्त दुख्यो नि म किसानकी छोरीलाई,” उनले आन्दोलनको उद्देश्य सुनाइन्, “हुम आफ्नो हकहितका लागि लडेका थियौं। आफ्नो जग्गाको मोहियानीका लागि लडेका हौं के१”
    लउ)िद्दण्ज्ञड)कअण्द्द)ण्ण्ण्ण्ज्ञ९घ०।वउन
    दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू ९नाम अज्ञात०। तस्वीर स् नेपाल पिक्चर लाइब्रेरीरनिशा राई

    आन्दोलन गरेकाले अहिले आफ्नै जमीनमा हलो जोत्न पाइएको उनी सुनाउँछिन्। यो अनुभव साटिरहँदा उनको छाती ढक्क फुलेको थियो।

    आश्मा चौधरी
    पत्थरकलीपछि उनकी भतिजी आश्माले पनि आफ्नो कथा सुनाइन्।

    “पहिला त पहाडीहरूको बहुतै डर। पानी चहार्न जाँदा डर। त्यस वेला त कस्तो भने पहाडीले हान्छ, मार्छ भन्ने मात्रै डर,” आश्माले भनिन्।

    २०३६ सालतिर आश्माहरूले जोत्ने भूमिको स्वामित्व पहाडी जमीनदारहरूसँग हुन्थ्यो। थारूले वर्षभरि जोत्थे, फसल पाक्थ्यो तर उनीहरूको पेट आधा मात्र भरिन्थ्यो। जमीनमा हक लाग्दैनथ्यो। पछि त जमीनदारहरूले हलो जोत्नै नदिएपछि उनीहरूले माटाको महत्त्व थाहा पाएका थिए। त्यसैले आश्माले पहाडी भनेर कुनै समुदायविशेषलाई जनाएकी होइनन्, माटो कैद गर्न खोज्ने जमीनदारलाई इंगित गरेकी हुन्।

    पत्थरकली, आश्मा र कर्जाहीका अरू थारू महिलाहरू आन्दोलनका दिनमा पैदलै २९ किलोमिटर टाढाको बिजौरीसम्म पुग्थे। बिजौरीमा जमीनदारहरूको घर थियो। “अहिलेका केटकेटी त क्यै गर्दैनन्, हामी त खानका लागि आन्दोलन गर्या हम हगी केवला१” भुइँमा थचक्क बसिरहेकी केवलातिर इशारा गर्दै आश्माले भनिन्।

    आन्दोलनका वेला कर्जाहीमा हप्ता दिनसम्म प्रहरी र थारू किसानहरूको भिडन्त चलिरहन्थ्यो। प्रहरीहरू राति राति आएर घरका सरसामान तोडफोड गर्थे। पाकेको खाना रछ्यानमा हुर्‍याइदिन्थे। राम्रा भाँडाकुँडा छानी छानी लग्थे।

    एक पटक त प्रहरीले आश्माका मामा प्रेमलाल चौधरी र भाइ रामप्रसाद चौधरीलाई पनि पक्रेर लगेको थियो। घटनाको भोलि पल्टै सुकुवारी गाउँको प्रहरी कार्यालय पुगेर आश्माले अपशब्द सहित ‘कपाल पाकिसकेको मेरो बूढा मामालाई किन ल्याइस्रु’ भन्दै थर्काएकी थिइन्।

    पहाडी जमीनदार प्रहरीलाई ‘हजुर’ भन्थे। आश्माले मुखै छाडिदिइन्। यो घटना सम्झँदा बहुतै आनन्द मान्छिन् उनी।

    “प्रेमलाल मामा र रामप्रसाद भाइलाई हतकडी लाएर थानामा राखेका थिए। काका ठाकुरामलाई पनि हतकडी लगाएर थानामा राखेको देखें। पत्थरकली, केवला, शान्ति, श्यामकला, सुसकला र लक्ष्मी सबैले हाम्रो मान्छेलाई छोडछौ कि के गर्छौरु भने,” आश्माले घटनाको बेलिबिस्तार लगाइन्, “म पनि मामालाई नछाडे काटेर फाल्दिन्छु भन्दै प्रहरीसामु जंगिएँ।”

    भोलि पल्ट प्रमुख जिल्ला अधिकारी सहित प्रशासन र कर्जाहीका महिलाबीच वार्ता भयो। चोरले झैं प्रहरीले घरका सरसामान र खाना चोरेर लगेको पुष्टि भयो। कुटपिट गरेको र पक्राउ पुर्जी विना मान्छे समातेको भनेर आश्मा बाझिन्। दुई पक्षकै छलफलमा प्रहरीको गल्ती ठहरियो। प्रहरीले माफी मागेर उनीहरूका आफन्त छोड्ने सहमति भयो।

    “म २५ वर्षे आइमाइको धम्क्याइँकै डरमा मामाहरूलाई छोडिदियो पुलिसले,” अट्टहास सहित उनले सुनाइन्, “हाम्रो अद्‌भुत शक्ति थियो भन्थे पछि पुलिसहरू।”

    आफूहरूले २०३६ सालमा गरेको आन्दोलनकै कारण जमीन जोत्न पाएको आश्माको बुझाइ छ। यस्ता आन्दोलन फेरि गर्नुपरे पनि आफू तयार रहेको बताउँछिन् उनी। “अझै पनि तागत छ। फेरि लड्न परे लडुँला लाग्छ,” उनले भनिन्।

    नानची चौधरी
    कर्जाहीमा पहाडीको चालको गन्ध पनि थाहा पाउँथिन् रे नानची।

    “पहाडीको गन्ध कस्तो हुन्थ्योरु” मैले सोधें।
    दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू ९नाम अज्ञात०। तस्वीर स् नेपाल पिक्चर लाइब्रेरीरनिशा राई

    “जसको शरीरबाट पसिनाको गन्ध आउँदैन,” उनले जवाफ दिइन्, “गन्ध आउने त हामीहरूको पो१ जो माटोमै जोत्छ, माटोमै पसिना बगाउँछ र माटोकै लागि खून पनि बगाउन सक्छ।”

    आन्दोलनका वेला दाङका एक कम्युनिस्ट पृष्ठभूमिका नेता नेत्रलाल पौड्याल गाउँका किसानलाई सामन्तवाद विरुद्ध जाग्नुपर्छ भन्थे। महिलाहरू जागेका पनि थिए। तर जमीनको आन्दोलनले जहान तितरबितर भइरहेको थियो। कतिपय आन्दोलनकारी हतोत्साही पनि भएका थिए। नानची भने त्यस्ता महिलामा उत्साह जगाइराख्न गीत गाउन थालिन्। केवला चौधरी मादल ठोक्थिन्, इन्दिरा चौधरी नाच्थिन्।

    उनीहरूले महीनौंसम्म गाउँदै गाउँलाई पहरा दिए। उनीहरूले गाएको गीत यस्तो थियो स्
    कहा रे उठी जागी किसान दाजु भाइ
    जबसम्म रहल दि सामन्तीले दुख दिइ
    उठ जनता उठ जिमिन्दार के विरोध गर्न उठ

    आन्दोलनको तेस्रो दिन
    आन्दोलनबारे निर्मला चौधरी, सीताकुमारी चौधरी र केवला चौधरीको पनि आआफ्नै अनुभव छ।

    निर्मलालाई आन्दोलनको तेस्रो दिन अझै सम्झना छ। त्यस दिन जमीनदारहरूले निर्मला लगायतलाई रक्ताम्य पारेका थिए। निर्मला र केही साथी वरपरका गाउँ क्वाडी, पचुखा, पक्वैचौमा गुहार माग्न समेत धाएका थिए।

    त्यस वेला निर्मला आफ्नो बच्चालाई पिठ्युँमा बोकेरै गाउँ गाउँ पुगेकी थिइन्। सखी बेलकेशरी र उनले अरू महिलालाई आन्दोलनमा साथ दिन आह्वान गरेका थिए।

    कर्जाहीमा जमीनदारहरूको तीन(चार घरधुरी थियो। उनीहरू जमीनदारको घरमै पुगे। खोसिएका हलो, कोदालो सब फिर्ता लिए। घर फर्किए।

    खिरिते गाउँमा जमीनदार रणबहादुर पछाईको घर थियो। निर्मला रणबहादुरको घरको बुइगलमा गइन्, बारूद भरिन् अनि बन्दूक पड्काइन्। यसपछि जमीनदारहरूको भागाभाग भयो।

    “मारकाट हुनलाग्या थियो। सबै मान्छेहरू लडाइँ गर्दै थिए। गाउँका सबै महिला थिए। जिमदारहरूले अचम्म माने। भागाभागको माहोल भयो,” अर्की आन्दोलनकारी सीताकुमारीले थपिन्, “केको डर। फेरि पनि आफ्नो अधिकारका लागि जान्छु म।”

    केवलाको अनुभव पनि कम छैन। उनले त्यस दिन आफूमाथि हातपात गरिरहेका प्रहरीको राइफल नै खोसेर हिर्काएकी थिइन्।

    विवाहको कथा
    कर्जाहीका कर्मवीरहरूले स्मरण भएसम्म आन्दोलनका स्मृति सुनाए। भित्र भान्छाबाट लौधनकी श्रीमती आश्मा आइन्। उनले स्टीलको ग्लासमा रक्सी ल्याएकी रहिछन्। आश्माले बैठक कोठामा भएका सबै महिलालाई रक्सी दिइन्। उनीहरूले स्वाट्टै पारे।

    अब सुन्न बाँकी कथा र जान्न बाँकी अध्याय आश्माकै थियो।

    आश्माले ३३ वर्षको उमेरमा विवाह गरेकी रहिछन्। उनलाई विवाहमा रुचि थिएन। घरगाउँमा जोकोहीले पनि ‘किन बिहे नगरेकोरु’ भनेर सोध्ने गर्थे।

    खासमा आश्माका मामाका छोरा हुन् लौधन। तर बिहेको प्रश्न अति नै भएपछि एक दिन लौधनले भन्दिए, “मेरो दिदीलाई मै विवाह गर्छु।” यसरी मामाका छोरा र फुपूकी छोरी श्रीमान्‌(श्रीमती भए।

    दम्पती हुन्, वेलावेला खटपट त हुन्छ नै। त्यति वेला आश्मा लौधनलाई ‘भाइ त होस्’ भन्दै हातले इशारा गर्दै कुरा मिलाउँछिन्। “मैले भनेको मान् भनेर हकार्छु। कुरा मिलिहाल्छ,” खितखिताउँदै उनले भनिन्।

    लौधनलाई श्रीमान्‌का रूपमा छुट्टै ओहोदाको सम्मान दिनुपर्ने झन्झट पनि आश्मालाई कहिल्यै आइलागेन। “अधिकांश विवाहमा महिला कान्छो उमेरको र पुरुष जेठो उमेरको हुने रहस्य पनि यही हो,” उनले ठोकुवा गरिन्।

    पत्थरकली उर्फ इन्दिरा गान्धीको विवाह पनि करकापमै भयो, बिरामी आमाले ढिपी कसेपछि। तर विवाहपछिको सम्बन्ध टिक्न सकेन। पत्थरकली पहिलो वर्षमै माइती फर्किइन्।

    “विवाह किन टिकेनरु” मैले सोधें।

    “म कस्तो ज्याद्री छु। पुलिसको हाँत भाँच्देको। लोग्नेको कुटाइ खाएर बसें होला तरु म जस्तो आइमाईको बिहे उवेला नि टिकेन। अहिले नि टिक्दैन,” उनले सुनाइन्।

    वैवाहिक जीवनमा आफूलाई दासी जस्तो महसूस गरिन्। श्रीमान्‌लाई छोडेर माइतीमा स्वतन्त्र गुज्रिरहेको छ अहिले उनको बुढ्यौली जीवन।

    गूगलमा नभेटिने महिलावादी
    नेपालको अनेक आन्दोलनमा महिला सहभागिता भए पनि उनीहरूको योगदान लेखिन छुट्दै आएको छ। अहिले भने कर्जाहीका बागी महिलाहरूको कथा र भोगाइ सार्वजनिक जीवनमा महिला पुस्तकमा तस्वीर सहित छापिएको छ।

    कर्जाहीका महिलाको कथालाई मैले बारम्बार नेपालको महिलावादी आन्दोलनसँग पनि जोड्न खोजें।

    “तपाईंहरू महिलावादी होरु” मैले सोध्दा उनीहरू एकस्वरमा भन्थे, “होइन, हामी त अस्तित्ववादी हौं। माटोको अस्तित्व र आफ्नै अस्तित्वका लागि लडेको।”

    उनीहरूले यसो भनिरहँदा मैले काठमाडौंका थुप्रै महिलावादीलाई सम्झिरहेकी थिएँ। एक जना त अन्तर्राष्ट्रिय स्तरकै ‘फेमिनिस्ट’ छिन्। उनलाई तपाईंले गरेका कामहरू भन्दिनुस् न भन्दा “डिड यू गूगल मीरु” भनेकी थिइन्।

    तर गूगलमा नभेटिने खाँटी फेमिनिस्टहरू चाहिं देशका कुनाकाप्चामा गुमनाम छन्। जसरी कर्जाहीमा गुमनाम बाँचिरहेका छन् थारू महिलावादीहरू।

    (सम्पादन : असीम तिमल्सिना, भाषा : प्रद्युम्न खनाल) हिमालखबरमा मंसिर १५, २०८० मा प्रकाशीत स्टोरी ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com