कैलाली । कर्णाली नदीको नदी जन्य स्रोतको उपयोग तथा संरक्षणका विषयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच विवाद सृजना भएको छ । लामो समयदेखि कर्णाली तटीय क्षेत्रमा रहेका दुवै प्रदेशका स्थानीय तहबीच विवाद भइरहेको हो । यसको समाधानको लागि दुवै प्रदेशका मुख्यमन्त्री सहितका प्रतिनिधिहरू एक आपसमा छलफल थालेका छन् ।
मंगलवार लुम्बिनी प्रदेशको बर्दियामा आयोजना गरिएको मुख्यमन्त्री स्तरीय संयुक्त संवादमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधान गर्न सहमत भएका हुन् । समस्या समाधान गर्न सुदूरपश्चिमका कामु प्रमुख सचिव डा. हरिप्रसाद लम्साल र लुम्बिनी प्रदेशका निमित्त सचिव सुमन घिमिरेलाई विज्ञ समूह बनाउने जिम्मा दिने सहमति भएको थियो ।
संवाद समूह सचिवालय तुलसीपुर दाङले आयोजना गरेको कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्री सहित, विभागीय मन्त्री , राज्य मन्त्री , प्रतिनिधि सभा सदस्य, सचिव, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रशासकीय अधिकृत, डिभिजन वन, निकुञ्ज, रानी जमरा कुलरिया सिचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना लगायतका सबै निकायका प्रतिनिधिहरू उपस्थित थिए ।

‘क्षेत्राधिकारको विवाद अझै सुल्झिएको थिएन । आजको छलफलले समस्या समाधान हुने अपेक्षा गरिएको छ’ संवाद समूहको वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले भने, ‘विज्ञ टिमले अब यसको काम अगाडी बढाउने अख्तियारी पाएको छ । ’
पुसको तेस्रो साता भित्र विज्ञ टिमले समस्या समाधानको पहिचान गर्ने र त्यसको समाधानको लागि दुवै प्रदेश सरकार सहमत हुने जनाइएको छ । त्यसपछि संघीय सरकारलाई नीतिगत निर्णयको लागि आग्रह गर्ने तयारी गर्ने विषयमा मंगलवार दुई प्रदेश सरकार बिच छलफल भएको हो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै