कैलालीको कैलारी गाउँपालिकामा यौनिक तथा लैंगिक अल्पसंख्यक जोडी मनिला न्यौपाने र प्रकाश बाबु चौधरीले विवाह दर्ता गराएका छन्।
सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएपछि कानूनी मान्यता पाउने यो दोस्रो विवाह हो। मनिला र प्रकाश बाबुले चार वर्षअघि नै मन्दिरमा नेपाली परम्परा अनुसार विवाह गरिसकेका थिए। त्यही वेलाको फोटो, भिडिओ तथा मन्दिरमा तिरेको रसिद देखाएपछि कैलारी गाउँपालिका(८ को वडा कार्यालयमा गत शुक्रबार उनीहरूको विवाह दर्ता भएको हो।
“ट्रान्स कपल जोडी विवाह गरेर कानूनी मान्यता पाउने हामी नेपालमै पहिलो जोडी बन्यौं। सरकारले हाम्रो माग सुनुवाइ गरिदिएकोमा एकदमै खुशी छौं,” मनिलाले भनिन्।

प्रकाशका अनुसार अहिले दुवैको परिवारले उनीहरूलाई स्वीकार गरिसकेको छ। आफूहरूले कानूनी मान्यता नपाउँदासम्म पारिवारिक र सामाजिक लडाइँ लड्नु परेको उनी बताउँछन्। जटिल बिरामी भएर उपचार गर्न जाँदा होस् वा ब्यांकिङ कारोबारमा होस् आफूहरूले समस्या भोग्ने गरेको उनी सुनाउँछन्। “जहिले पनि हाम्रो यौनिकता र लैंगिकतामाथि प्रश्न खडा हुन्थ्यो, अब हामी ढुक्कका साथ विवाहित जोडी बन्यौं,” उनले भने।
यसअघि जमजुङको दोर्दी गाउँपालिकामा रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डेबीच नेपालको पहिलो समलिंगी विवाह दर्ता भएको थियो।
समलिंगी विवाहलाई दर्ता गर्ने कानूनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ ९सञ्जीव गुरुङ० समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै