काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले कोशी प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो। एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेश तीन विकेटको क्षतिमा १०३ रनमा समेटियो।
कोशीका लागि रुबिना क्षेत्रीले ६२ र काजल श्रेष्ठले २२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
एपीएफका लागि करुणा भण्डारी र सीता राना मगरले एक-एक विकेट लिए भने अन्य खेलाडीले पनि कसिलो बलिङ गरे।
यसअघि ब्याटिङ गरेको एपीएफले सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो। एपीएफका लागि इन्दु बर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाए।
कोशीका लागि अप्सरा बेगमले तीन, अलिशा खडियाले दुई, रुबिना क्षेत्री र निशा शाहले एक-एक विकेट लिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै