संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघ विदा हुनुपर्ने माग

    पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघ विदा हुनुपर्ने माग

    संघारी न्युज
    २४ पुष २०८०
    2.9k
    Shares

    कैलाली । थारु समुदायले नयाँ वर्षकोरुपमा मनाउँदै आएको माघ पर्वमा सुदूरपश्चिम प्रदेश सरकारसंग विदाको माग गरेका छन् ।

    थारु समुदायमा पुसको अन्तिम दिनदेखि माघ ३ गते सम्म पर्व मनाउँदै आईरहेकोले प्रदेश सरकारले माघ पर्व मनाउन विदा दिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

    ज्ञापन पत्रमा लेखिएको छ, माघ थारुहरुको नयाँ बर्ष, धार्मिक हिसाबले लहान (पुण्य दिन), नेतृत्व छान्ने र हटाउने, मेलमिलाप गर्ने, बन्धनबाट मुक्त हुने, आफू भन्दा ठूलाबाट आशिर्वाद लिने आदि धेरै कारणले महत्व राख्ने हुनाले यो थारुहरुको लागि सब भन्दा ठूलो त्यौहार हो । यसका अतिरिक्त माघ मगर, छन्त्याल, किरात समुदायका लागि पनि नयाँ बर्ष, पहाडका लागि मकर संक्रान्ति, माघे संक्रान्ति, कतिपय समुदायका लागि तिला संक्रान्ति, खिचडी महोत्सव भएबाट माघ देशकै ठूलो हिस्साका लागि महत्वपूर्ण पर्व ठहर भैसकेको छ ।

    देशको ठूलो जनसंख्याले मनाइरहेकोले यो एकताको पर्वको रुपमा पनि बिकसित भैरहेको छ र बिदामा बढोत्तरी पनि भएको छ । तर बिदा ब्यबस्थापनमा भएको सानो त्रुटीले खुशीमा अलिकति कमी देखिएको छ ज्ञापन पत्रमा लेखिएको छ ।

    माघ थारुहरुको नयाँ बर्ष भएको र पुष अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गरिने, जिता मार्ने, लहानका (धार्मिकस्थल) का लागि निस्किने कार्य गर्नैपर्ने हुँदा पुष अन्तिम दिनदेखि नै माघ पर्वको शुरुवात हुन्छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com