कैलाली । कैलारी गाउँपालिका–८ दुधिया गाउँका किसनी देवी चौधरी सामुदायिक वनबाट ल्याएको सालका पातबाट दुनाटपरी गाँस्दै थिईन् । माघ पर्व आएसंगै उनी घरायसी कार्यमा निकै देखिन्छिन् ।
“माघ पर्व मनाउन आउने पाहुनालाई परिकार पस्कनकालागि दुना, टपरी बनाउनैपर्यो, दुना, टपरीमा परिकार दिने चलन पुर्खौदेखि चलि आएकोले यसलाई जीवन्त राख्नुपर्यो ।”
आज पुस महिनाको अन्तिम दिन । थारु गाउँमा माघको लागि जिता (बंगुरको मासु) ढिक्री, सिध्रा माछाको तरकारी लगायत विभिन्न परिकार बनाउ तयारी भईरहेको उनी बताउँछिन् । भोली विहान नुहाई धुवाई गरि आफूभन्दा ठूलाको अशिर्वाद लिने चलन छ ।
माघकोलागि खानाका परिकार बनाउनका लागि आवश्यक दाउराको जोहो गर्ने, घर लिपपोत तथा सरसफाइको काम गर्ने, सुँगुर, कुखुरा, माछाको जोहो रक्सी, तरुल सखरखण्डा आदीको जोहो यस अघि नै मिलाई सकेको किसनी बताउँछिन् ।
थारु गाउँमा माघ पर्वमा मघौटा, धमार लगायत नाचगान गरेर रमाईलो गर्ने चलन छ । थारु समुदायले बिहानै नुहाइधुवाइ गरी कुल देवताको पूजा गरेपश्चात् ढकियामा चामलसँगै राखिएको नुन, खुर्सानी, गच्छेअनुसारको दक्षिणा राखेर चेलिबेटी, दिदीबहिनीलाई निश्राउ दिने गर्दछन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै