कैलाली । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको महाकाली नगरपालिका १ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवलदार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाटीमा चोट लागेको छ ।
उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै